वि.सं.२०८३ असार २८ आइतवार

५० हजारको प्रलोभन देखाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा होटल सञ्चालक पक्राउ

khanepani

चितवन । यहाँका एक होटल सञ्चालक आफ्नै होटलमा काम गर्ने १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् ।

चितवनको खैरहनी नगरपालिका-१० का मिलीजुली खाजा घरका सञ्चालक विकासकुमार श्रेष्ठले होटलको कोठामा बोलाई ५० हजार रूपैयाँ दिने प्रलोभन देखाइ जबरजस्ती यौन सम्पर्क राख्ने प्रयास गरेको प्रहरीले बताएको छ ।

चितवन प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रभूसन यादवका अनुसार सञ्चालक श्रेष्ठले बालिकाले प्रलोभनको इन्कार गरेपछि जबरजस्ती यौन दुर्व्यवहार गरेका थिए । उनका अनुसार यौन सम्पर्क राख्न नमानेपछि जबरजस्ती संवेदनशील अंग छुने प्रयास गरेका थिए ।

सञ्चालक श्रेष्ठले सामाजिक सञ्जाल इन्स्टाग्राम, ह्वाट्सएपमा समेत अश्लील फोटो तथा म्यासेज पठाएको रेडर्क प्रहरीले फेला पारेको जनाएको छ । प्रहरीले बिहीबार सूचनाको आधारमा पक्राउ गरि बालिकालाई दुर्व्यवहार गर्ने श्रेष्ठलाई बालबालिकाविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको जनाएको छ ।

ranechhap