रामेछाप । रामेछाप जिल्लाको पूर्वीभेग रामेछाप नगरपालिका वार्ड ३ मा रामेछाप नगरपालिकाबाट ५० प्रतिशतअनुदानमा दिएको मकैको बीउबाट मकैमा दाना नलागेको स्थानीय किसानहरुले बताएका छन ।
मकैले सुत्ला च्यापेपनि त्यो सुत्ला बढेर मकैमा दाना लागेका छैनन । रामेछाप जिल्ला साँघुटारका किसानहरुले लगाएका मकैमा यस्तो अवस्था रहेको हो । यस विषयमा स्थानीय राजनितिज्ञ तथा किसान नबराज ढकाल र राजन ढकालले फेसबुक वालामा स्टाटस लेखेरै स्थानिय किसानहरुको मर्का अवगत गराएका छन । उनीहरुले नगरपालिका वार्ड कार्यालयलाई समेत जानकारी गराएको बताएका छन । वडा कार्यालयले नगरपालिकालाई जानकारी गराइसकेको र नगरपालिकाबाट प्राविधिकहरुलाई खटाइसकिएको जानकारी आएको छ । तर, प्राविधिकहरु भने किसानको खेतसम्म पुगिसकेका छैनन । 









































