रुकुमपूर्व । बुधबार दिउँसो परेको हावाहुरीसहितको असिनापानीले रुकुमपूर्वका विभिन्न क्षेत्रमा पाक्नै लागेको गहुँबालीमा ठूलो क्षति पुर्याएको छ । भित्र्याउने तयारीमा रहेको गहुँबालीमा क्षति पुगेपछि किसानलाई ठूलो चिन्ता पलाएको छ ।
जिल्लाको पुथा उत्तरगंगा, सिस्ने र भूमे गाउँपालिकाका विभिन्न ठाउँमा हावाहुरीसहितको ठूलो वर्षा र असिनापानी परेको स्थानीयले बताएका छन् । जसले पाकेको गहुँलाई ढलाएर धुलो पारेको किसानको गुनासो छ ।
मुख्य खाद्यान्नका रूपमा रहेको गहुँबाली अन्तिम समयमा क्षतिग्रस्त हुँदा उत्पादनमा ठूलो गिरावट आउने अनुमान गरिएको छ । केही स्थानमा तरकारी तथा फलफूल खेतीमा समेत असर परेको छ ।
वर्षाले मध्यपहाडी लोगमार्ग रुकुमपूर्व खण्डसमेत अवरुद्ध बनेको ।







































