वि.सं.२०८३ वैशाख १८ शुक्रवार

गाडी दुर्घनाबारे सरकारको नेतृत्व गर्ने पार्टीका प्रमुखको ध्यानाकर्षण गराएको छुः प्रचण्ड

khanepani

काठमाडौं । रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ गइरहेका तीर्थयात्री सवार जीप दुर्घटनामा परी २० जनाको निधनपछि नेकपा रुकुम पूर्वको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई श्रद्धाञ्जली बैठकमा रूपान्तरण गदै समापन गरिएको छ।

नेकपाका संयोजक तथा रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आजको लागि बैठक तय गरिएको थियो।

जिल्ला स्तरीय बैठकले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

बैठकमा आफ्नो श्रद्धाञ्जली मन्तव्य राख्दै प्रचण्डले विपद् र शोकको समयमा राजनीतिक कार्यक्रमलाई निरन्तरता दिनु उपयुक्त नहुने भएकाले पूर्व निर्धारित कार्यक्रम स्थगित गरिएको बताए।

घटनास्थलको भौगोलिक विकटताका कारण उद्धारमा भइरहेको कठिनाइलाई मध्यनजर गर्दै हिजैदेखि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र सैनिक मुख्यालयसँग निरन्तर समन्वय गरी प्रभावकारी उद्धार र शव सङ्कलनका लागि पहल गरिरहेको बताए।

उनले भने, ‘सरकारले पनि यसलाई गम्भीर रूपले लिएको छ। सरकारको नेतृत्व गर्ने पार्टीका प्रमुखसँग पनि हाम्रो सम्पर्क भयो, सबै पहल गरिसकेपछि उद्धारको निम्ति गर्नुपर्ने कुनै काम बाँकी राखिँदैन भनेर हामीलाई आश्वस्त पार्नु भएको छ।’

ज्यान गुमाउनेहरूको बालबच्चाको निम्ति राज्यको तर्फबाट राहत, सहयोग उपलब्ध गराउनुपर्ने कुरामा पहल गर्ने बताए।

उनले भने, ‘मैले सरकार र सम्बन्धित अन्य निकायहरूलाई पनि ध्यानाकर्षण गराएको पनि छु। त्यहाँ खाली उद्धार मात्रै होइन, राहत मात्रैले पनि पुग्दैन, त्यसको निम्ति सहयोगको खाँचो छ।’

ranechhap