एजेन्सी । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार नयाँदिल्ली पुगेका छन् । ११ सदस्य राष्ट्र सहभागी हुने ब्रिक्स सम्मेलन सेप्टेम्बर १२ देखि सुरु हुँदैछ ।
सम्मेलन अघि सेप्टेम्बर ११ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्ने भएका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार मोदी र पुटिनबीच भेटवार्ता हुने बताइएको छ ।
पुटिनपछि मोदीले इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनीहरूबीच साँझ साढे ६ बजे भेटवार्ता हुने जनाइएको छ । ब्रिक्स शिखर सम्मेलन सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीस्थित भारत मण्डपमा आयोजना हुँदैछ ।







































