वि.सं.२०८३ भदौ २६ शुक्रवार

सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ

khanepani

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद आशिका तामाङले बजारमा ग्यास हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाएको भन्दै सरकारको आलोचना गरिन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले ग्यासको आपूर्ति सहज बनाउन नसकेको भन्दै सरकारको आलोचना गरिन् ।

उहाँले पसलमा ग्यास हुँदाहुँदै पनि व्यापारीले बेच्न नमानेको गुनासोहरु आउने गरेको समेत बताइन् ।

यसले त नेपालमा सरकार भन्दा माफिया ठूला रहेछन् भन्ने पुष्टि भएन र ? भन्दै प्रश्न गरे ।

उहाँले बजारमा ग्यास नभए सरकारले स्पष्ट रुपमा नागरिकलाई जानकारी गराउनुपर्ने पनि बताए ।

उहाँले ग्यास अभावको समाधानका लागि पटकपटक मन्त्री परिवर्तन गर्नु उचित नहुने तर्क पनि बताइन् ।

ranechhap