वि.सं.२०८३ जेठ १८ सोमवार

अझै सुरु हुन सकेन प्रतिनिधिसभा बैठक

khanepani

काठमाडौं । प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन।

दिउँसो १ बजेको लागि बोलाइएको बैठक एक घण्टा ढिला हुँदा पनि बस्न सकेको छैन।

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले आज सदन चल्न नदिने निर्णय गरेका छन्। उनीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेका छन्।

प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर माफी माग्ने र विवादित अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने अडान लिइरहेका छन्।

हिजो पनि प्रतिनिधि सभा नियमावलीको चर्को विरोध हुँदा हुँदै सभामुखले पेलेरै बैठक चलाएका थिए।

विपक्षीले वेल घेरिरहे पनि सभामुखले बहुमतको आधारमा राती १० बजे विधेयक पारित भएको घोषणा गरेका थिए।

ranechhap