वि.सं.२०८३ जेठ १८ सोमवार

कुवेतमा मिसाइल र ड्रोन आक्रमणको चेतावनी, हवाई प्रतिरक्षा प्रणाली सक्रिय

khanepani

एजेन्सी । पश्चिम एसियामा फेरि तनाव बढेको छ । अमेरिका र इरानबीच सम्भावित शान्ति सम्झौताको प्रयास भइरहेका बेला कुवेतमा मिसाइल र ड्रोन आक्रमणको चेतावनी जारी गरिएको छ ।

कुवेत सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय रहेको जानकारी दिँदै दुश्मन पक्षका मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेको जनाएको छ। सेनाले विस्फोटजस्तो आवाज सुनिएमा त्यो हवाई प्रतिरक्षा प्रणालीले मिसाइल रोक्ने क्रममा हुने बताएको छ ।

सेनाले सर्वसाधारणलाई सुरक्षा निकायले जारी गरेका निर्देशन कडाइका साथ पालना गर्न पनि आग्रह गरेको छ ।

यसैबीच इरानले आफ्ना भूमिगत मिसाइल संरचनासँग जोडिएका ५० वटा सुरुङमार्ग पुनः सञ्चालनमा ल्याएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्याटेलाइट तस्बिरले इरानका भूमिगत सैन्य संरचनामा पुनः गतिविधि बढेको देखाएको छ ।

ती प्रतिवेदन अनुसार अघिल्लो आक्रमणमा करिब १८ भूमिगत मिसाइल सुविधाका दर्जनौँ सुरुङ प्रवेशद्वारमा क्षति पुगेको थियो। अब ती क्षेत्रहरूमा ठूलो स्तरमा माटो हटाउने, मर्मत गर्ने र पुनः पहुँच बनाउने काम भइरहेको देखिएको छ ।

विशेषज्ञहरूले स्थिति झन् बिग्रिएमा इरानले इजरायलसहित मध्यपूर्वका विभिन्न देशतर्फ लामो दूरीका मिसाइल आक्रमण बढाउन सक्ने चेतावनी दिएका छन्।

ranechhap