काठमाडौँ । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक सुरु भएको छ ।
प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बसेको हो ।
सभामुख डोलप्रसाद अर्यालले आइतबार राति विपक्षी दलहरूको बेल घेराउबिच प्रतिनिधि सभा नियमावली पारित गरेका थिए । यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे आह्वान भएको छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संघीय संसद्को संयुक्त सदनमा पेर गरेको आर्थिक वर्षको आय व्यय विवरण बजेटबारे छलफल गर्ने कार्यसूची छ ।







































