वि.सं.२०८३ जेठ १८ सोमवार

विपक्षी दलसँग सभामुखडीपी अर्यालले भने, ‘संवादका लागि पटक-पटक बोलाउँदा समय दिनु भएन’

khanepani

काठमाडौं । सभामुख डीपी अर्यालले सदनको समस्या समाधान गर्नको लागि आफूले विपक्षी दलका नेताहरूसँग संवाद गर्न खोज्दा समय नदिएको बताएका छन्। विपक्षीले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा सदन अवरोध जारी राखेपछि सभामुखले यस्तो बताएका हुन्।

उनले भने, ‘मैले माननीय सदस्यहरूलाई हिजो पनि पटक–पटक संवाद गर्नको लागि बोलाएको थिएँ,समय दिनु भएन। आज पनि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्नको लागि माननीय सदस्यहरूलाई सूचना गरेको थिएँ, समय दिनु भएन।’

सभामुखले सदन सञ्चालन गर्नको लागि सबै दलका सदस्य, मुख्य सचेतक, सचेतक, दलका नेता, उपनेतासँग निरन्तर संवाद गर्न कोसिस गरेको बताए। उनले थपे, ‘जब नजर अन्दाज गर्नुहुन्छ, त्यसपछि सभामुखको प्रक्रिया रोकिँदैन।’

ranechhap