वि.सं.२०८३ जेठ १८ सोमवार

प्रधानमन्त्रीलाई नेकपाको प्रश्न-सभापतिको भ्रमणको पूर्वसन्ध्यामा भारतलाई उपहार दिनु भएको त होइन ?

khanepani

काठमाडौँ । नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन शाहले अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सभापतिको भ्रमणको पूूर्वसध्यामा प्रधानमन्त्रीको आएको अभिव्यक्तिले आशङ्का पैदा गरेको बताए ।

उनले भने, ‘प्रमले इङ्गल्याण्ड सरकारसँग तत्कालीन ब्रिटिशको समेत प्रसङ्ग निकाल्नु आत्मसमर्पणवादको अर्को पराकाष्ठाको रूपमा देखिन्छ । अझै आश्चर्यको कुरा त सत्ताधारी दलका सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री दौडिएर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन? गम्भीर संशय पैदा भएको छ ।’

उनले सत्तारुढ दलका सभापतिलाई भारत भ्रमणमा प्रधानमन्त्रीको गलत अभिव्यक्तिमाथि विन ओभर गर्दै आफ्नो भूमिसम्बन्धी अडान कायम राख्न सफलता मिलोस् भन्दै शुभकामना दिएका छन्।

उनले थपे, ‘प्रधानमन्त्रीले संसद्मा हिजो नेपालीले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको रहेछ भनेर दिनुभएको अभिव्यक्ति सीमा समस्यासम्बन्धी अज्ञानता त हुँदै हो, तर त्योभन्दा बढी गम्भीर राष्ट्रहित विपरीतको अभिव्यक्ति हो ।’

ranechhap