वि.सं.२०८३ जेठ ७ बिहीवार

विपक्षीको नाराबाजीबीच प्रतिनिधिसभा निर्वाचन सम्बन्धित विधेयक बहुमतले स्वीकृत

khanepani

काठमाडौं । विपक्षी दलको नाराबाजीबीच प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक २०८३ विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरिएको छ।

विपक्षी दलका सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेको बेलामा सभामुखले बहुमतको आधारमा स्वीकृत भएको घोषणा गरे।

विधेयकमाथि कुनै सांसद छलफलमा सहभागी भएनन्। यो विधेयक प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमले पेस गरेकी थिइन्। तर विपक्षीले प्रधानमन्त्री आउनुपर्ने अडान राखेका छन्।

ranechhap