काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले सिंहदरबारको मूल गेटबाट पक्राउ गरेको छ। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग प्रधानमन्त्री बालेन शाहले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलिप घिमिरेका अनुसार तामाङविरुद्ध बैंकिङ कसुर मुद्दा रहेकाले पक्राउ गरिएको हो। पक्राउ परेका गाउँपालिका अध्यक्ष तामाङलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त दरबारमार्गमा बुझाइएको प्रहरीले जनाएको छ।








































