काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवै धातुको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ४ हजार घटेर तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहीबार भने सुन तोलाको ३ लाख २ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३ सय ५५ रुपैयाँले घटेर ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार भने चाँदी तोलाको ५ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।








































