वि.सं.२०८३ भदौ २ मंगलवार

भीमफेदीमा मुख्य न्यायाधीश सवार गाडी दुर्घटना: एक जना गम्भीर, पाँच जना घाइते

khanepani

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा आज बिहान उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार गाडी दुर्घटनामा परेको छ।

काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी गाडी बिहान करिब ७ बजे सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।

ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक रमेश विष्टका अनुसार गाडीमा मुख्य न्यायाधीश डाँगी, चालकसहित ६ जना सवार थिए। दुर्घटनामा गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम छ। घाइते सबैलाई उद्धार गरी अस्पताल पुर्‍याइएको र थप उपचारका लागि सुविधासम्पन्न अस्पताल पठाउने तयारी भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। घाइतेहरूको पूर्ण विवरण खुल्न बाँकी छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट टोली खटिएको थियो भने हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ।

ranechhap