वि.सं.२०८३ भदौ २ मंगलवार

मकवानपुरमा स्कार्पियो दुर्घटना : उच्च अदालतका मुख्य न्यायाधीश डाँगीसहित ६ जना घाइते, एकको अवस्था गम्भीर

khanepani

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा मंगलबार बिहान स्कार्पियो दुर्घटना हुँदा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी स्कार्पियो बिहान करिब ७ बजे अनियन्त्रित भई सडकबाट ५०–६० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेले जानकारी दिए।

दुर्घटनामा मुख्य न्यायाधीश डाँगी, दुई महिला र अन्य तीन पुरुष गरी ६ जना घाइते भएका हुन्। गम्भीर घाइते महिलाबाहेक अन्य ५ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनास्थलबाट उद्धार गरिएका सबै घाइतेलाई सुरुमा भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको र थप उपचारका लागि सुविधासम्पन्न अस्पताल पठाउने तयारी भइरहेको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी श्यामबहादुर खत्री नेतृत्वको प्रहरी टोली पुगेको थियो। दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहे पनि सडकमा सवारी आवागमन भने सुचारु रहेको छ।

ranechhap