वि.सं.२०८३ भदौ २ मंगलवार

ट्रम्पद्वारा ओमानमाथि बमबारी गर्ने चेतावनी, इरानसँगको वार्तामा अवरोध नगर्न सचेत

khanepani

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच जारी वार्तामा अवरोध पुर्‍याए ओमानमाथि बमबारी गर्न सकिने चेतावनी दिएका छन्। यद्यपि, ओमानले वार्ता प्रक्रियामा कस्तो अवरोध सिर्जना गरेको हो भन्नेबारे उनले खुलाएका छैनन्।

ओमानले लामो समयदेखि अमेरिका र इरानबीचको वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। युद्धका क्रममा विभिन्न आक्रमणको सामना गर्नुपरे पनि उसले शान्ति स्थापनाका लागि निरन्तर पहल गरिरहेको छ।

यसैबीच, ट्रम्पले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजिसी) सँग अमेरिकाको गोप्य संवाद भइरहेको दाबी गरेका छन्। तर, रिभोलुसनरी गार्डले उक्त दाबी खण्डन गर्दै अमेरिकासँग कुनै पनि वार्ता नभएको प्रस्ट पारेको छ।

हाल दुई देशबीचको वार्ता मुख्य रूपमा रणनीतिक ‘होर्मुज जलडमरूमध्य’ खुलाउने विषयमा केन्द्रित छ। विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) यही मार्गबाट ढुवानी हुने गर्दछ। इरानले यो जलमार्ग खुला गर्न अमेरिकाबाट क्षतिपूर्तिको माग गरिरहेको छ।

यसका साथै राष्ट्रपति ट्रम्पले इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्न नदिने अमेरिकी नीति दृढ रहेको पुनः दोहोर्‍याएका छन्।

ranechhap