काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्टको महामारीले मानव जीवनलाई चुनौति दिइरहेको छ । यो महामारीले लाखौ मानिसहरुले जीवन बलिदन गरिसकेका छन । नेपालमा दोस्रो कोरोनाको दोस्रो लहर सँगै सरकारले निषेधाज्ञा जागि गरेपछि दैनिक ज्यालादारी गर्ने मजदुरहरु नराम्रोसँग प्रभावित भएका छन ।
यहि निषेधाज्ञाको समयमा दुखि र गरेर खानेहरुका लागि मलम पट्टी लगाउने काममा दैनिक खटिरहेका छन, लायन्स क्लब अफ काठमाडौं न्यु ग्रिन सिटि कोटेश्वरका अध्यक्ष इन्द्र बहादुर कार्की, ग्रीन सिटिका कोषाध्यक्ष राज भट्ट, लायन्स क्लब अफ काठमाडौं न्यु स्मार्ट सिटिका अध्यक्ष तथा सामाजिक अभियान्ता सङ्गिता शर्मा न्यु स्मार्ट सिटिका प्रथम उपाध्यक्ष यम प्रसाद श्रेष्ठ, कोशाध्यक्ष नमुना श्रेष्ठ, तथा ग्रीनसिटिका डाइरेक्टर तथा रेस्लर खेलाडी मुना श्रेष्ठ र हन्ड्रेड ग्रुपका अन्सु यादब लगायतका अभियान्ताहरु ज्यानको माया मारेर मानव कल्याणको काममा व्यस्त देखिएका छन ।
रोगले भन्दा भोकले मर्न नपरोस भनी सुरु गरेको यो निः शुल्क भोजन सेवा अभियान मा दैनिक ३५०-४०० जना खाना खान खादै आएका छन । लायन्स फूडबैंक अन्तरगत खाना मात्र नभएर विभिन्न स्थानमा सुत्केरी, जेष्ठनागरिक, अपांगता भएकाहरुलाई घरमा खाध्यन्न पुर्याउदै आएको अभियान्ता संगीता शर्मा बताएकि छन ।
उनीहरुको यो महान कार्यको सर्वत्र प्रसंशा भइरहेको छ ।
संगीताहरुको यो महान कार्यले लायन्यसहरुको शिर समाजमा निक्कै उच्च भएको छ । यसले नेपाली समाजमा लायन्सहरुको इज्जत र मान प्रतिष्ठासमेत बढेको लायनका अगुवाहरुको भनाई रहेको छ ।