वि.सं.२०८३ भदौ ३१ बुधवार

राप्रपा केन्द्रीय अनुशासन समितिको सदस्य सचिवमा दाहाल र सदस्यमा धनबहादुर मनोनीत

khanepani

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय अनुशासन समितिको सदस्य सचिवमा गोपाल दाहाल मनोनीत भएका छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम मोरङका दाहाललाई सदस्य सचिवमा मनोनयन गरेका हुन्।

यस्तै, सदस्यमा कालिकोटका धनबहादुर बुढालाई मनोनीत गरिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए।

ranechhap