वि.सं.२०८३ वैशाख ३ बिहीवार

चार उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत खटाइयो, खानेपानी र सहरीका भ्रष्ट प्राविधिक अधिकृतको हुदै सरुवाको तयारी

khanepani

काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृत विहीन भएका ४ वटा उपमहानगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको छ ।

चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले ४ वटा उपमहानगरपालिका सहित प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयका लागि ६ जना सहसचिवको सरुवा तथा काजमा खटाउने निर्णय गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रदीप परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरेको छ । उनलाई प्रधानमन्त्री बालेन्द्र शाहको निजी सचिवकारुपमा काजमा खटाइएको जनाइएको छ ।

यस्तै सामान्यमै अतिरिक्त समूहमा रहेका टेक नारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङको प्रमुख प्रशासकीय अधिकृतमा काजमा पठाएको छ भने दाङकै घोराही उपमहानगरपालिकामा चन्द्र प्रसाद भुसाललाई पठाएको छ । यस्तै बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतकारुपमा दीपक ज्ञवालीलाई पठाएको छ भने धनुषाको जनकपुर उपमहानगरपालिकामा ज्ञान हरि घिमिरेलाई पठाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यस्तै सहसचिव नवराज शर्माको सहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।

सहरी विकास विभागका डिजिी, खानेपानी तथा ढल व्यवस्थापन विभागका डिज कमलराज श्रेष्ठ, खानेपानी आयोजनाका भ्रष्ट सिडिई विकेश, मधु, र प्रभातहरुको पनि सरुवा हुने तयारी भइरहेको छ । उनीहरुको सरुवामा ढिलासुस्तीको कारण भने सार्वजनिक भइसकेको छैन । खानेपानीका पूर्व सचिव रामआधार साहले अकुत अर्थिक आर्जन गरेर सरुवा गरिएका कार्यालयका प्रमुख र पैसा खाएर सरुवा गर्नु पर्ने सिडिईहरुको सरुवा रोकेका थिए । उनीहरुको पनि सरुवाको तयारी भइरहेको छ ।

ranechhap