वि.सं.२०८३ वैशाख २२ मंगलवार

इरानमाथि अमेरिका र इजरायलको जारी सैन्य आक्रमण तत्काल रोक्न रुसको आग्रह

khanepani

काठमाडौँ । रुसले इरानमाथि अमेरिका र इजरायलको जारी सैन्य आक्रमण तत्काल रोक्न आग्रह गरेको छ ।

रुसी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थालाई सैन्य तनावबाट हटाएर राजनीतिक तथा कूटनीतिक समाधानतर्फ फर्काउन आवश्यक रहेको जनाएको छ ।

मन्त्रालयले जारी हमलालाई गैरजिम्मेवार कदम भन्दै यसले मध्यपूर्व क्षेत्र झन् अस्थिर बन्न सक्ने चेतावनी दिएको छ । रुसले अन्तर्राष्ट्रिय समुदायलाई पनि घटनाक्रमको निष्पक्ष मूल्याङ्कन गर्न अपिल गरेको छ ।

साथै, अन्तर्राष्ट्रिय कानून, आपसी सम्मान र सबै पक्षको हित सन्तुलनका आधारमा शान्तिपूर्ण समाधान खोज्ने प्रयासमा आफू सहयोग गर्न तयार रहेको रुसले जनाएको छ ।

ranechhap