वि.सं.२०८३ असोज १ बिहीवार

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

khanepani

झापा । झापा गाउँपालिका–३ कामाटोलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिहीबार बिहान करिब १०: ३० बजे सुरुङ्गाबाट कामाटोलीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा भारतको किशनगञ्ज निवासी २८ वर्षीय सुल्तान अलीको टाउकोमा गम्भीर चोट लागेको थियो ।

घाइते अलीको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ranechhap