काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले हरिबोल गजुरेल, महेश्वर दाहाललगायत नेतालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निष्कासन गरेको विषयमा कटाक्ष गरेका छन्।
सामाजिक सञ्जाल एक्समा लेख्दै संग्रौलाले नेपाली कम्युनिस्ट पार्टीलाई “दास र लासको पार्टी” भन्न मिल्ने टिप्पणी गर्दै नेतृत्वको निर्णयलाई “स्वेच्छाचारी” बताएका छन्।
संग्रौलाले नेपाली कांग्रेसले केही अघि गगन थापा र विश्वप्रकाश शर्मालाई निष्कासन गरेको प्रसङ्ग स्मरण गर्दै निष्कासन गर्ने शेरबहादुर देउवाहरु नै पछि सत्ताराजनीतिबाट बाहिरिएको उदाहरण रहेको उल्लेख छन्। वर्तमान निर्णयकर्ताहरूले त्यसबाट पाठ नसिकेको उनको टिप्पणी छ।








































