काठमाडौं । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्तर्गत १३ औं खेलमा दक्षिण अफ्रिका र अफगानिस्तानले प्रतिस्पर्धा गरिरहेका छन् ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १८८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ थालेको अफ्रिकाले २० ओभरमा ६ विकेटको क्षतिमा १८७ रन जोड्यो । उसका लागि क्वीन्टन डि कक र रायन रिकल्टनले अर्धशकतीय इनिङ्स खेले । रिकल्टनले २८ बलमा ६१ तथा डी ककले ४१ बलमा ५९ रन जोडे ।








































