काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।
थापाले बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेर काठमाडौं क्षेत्र न ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
थापाको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राप्रपामा समाहित भएपछि काठमाडौं ५ बाट टिकट पाएका थिए । अन्य दलबाट पनि उम्मेदवारी दर्ता गराउने क्रम चलिरहेकाे छ ।आज देशभरका निर्वाचन केन्द्रमा उम्मेदवारको मनोनयन भइरहेको छ ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।









































