वि.सं.२०८३ वैशाख ८ मंगलवार

गगनको प्रशंसा गर्दै चन्द्र भण्डारीले भने, ‘सबै नेता एउटै चिन्हमा चुनावमा जानु कांग्रेसको ठूलो उपलब्धि’

khanepani

रुपन्देही । नेपाली कांग्रेसका नेता तथा गुल्मीको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताएका छन् ।

सामाजिक सन्जालमा आफ्नो धारणा लेख्दै उनले यसले पार्टीको एकतालाई बलियो बनाउने जनाएका छन् ।

नेता भण्डारीले पार्टी एकता बनाउने र पुस्तान्तरण गर्ने प्रयास सफल भएको बताउँदै आवेगमा नभएर सबै मिलेर पार्टी सम्हाल्नुपर्ने जनाए ।

उनले भनेका छन्, ‘युवा नेतृत्वको पहिलो कदम सफल, जसले जसलाई जुन शब्दले सम्मान गरे पनि, सबै नेता निर्वाचनमा जान तयार हुनु र एउटै चिन्हमा जानु वर्तमान परिवेशमा नेपाली कांग्रेसको ठूलो उपलब्धि हो । यसले पार्टीको एकता, जिम्मेवारी र भविष्यप्रतिको भरोसालाई प्रमाणित गर्दछ । हाम्रो प्रयास सफल भएको छ। अब आवेगमा होइन, सबै मिलेर समाल्नु पर्दछ ।’

ranechhap