वि.सं.२०८३ वैशाख १९ शनिवार

ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन हुँदै, शनिबार पनि क्लास सञ्चालन हुने

khanepani

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कात्तिक ११ गतेदेखि ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन गर्ने भएको छ ।

उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ती तथा सडक लेन उल्लङ्घन गरी कारबाहीमा परेका चालकहरूलाई लक्षित गरी ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा भौतिक रूपमा यो सचेतना कक्षा सञ्चालन गर्न लागिएको हो ।

सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनहरूमा निम्न समय तालिकाअनुसार कक्षा सञ्चालन हुनेछन् :

०९:०० देखि १०:०० बजेसम्म

१०:३० देखि ११:३० बजेसम्म

१२:०० देखि १३:०० बजेसम्म

१३:३० देखि १४:३० बजेसम्म

१५:०० देखि १६:०० बजेसम्म

शुक्रबारको लागि विशेष समय: शुक्रबार भने १४:३० बजेसम्म मात्र कक्षा सञ्चालन हुनेछ । यसका साथै, कार्यालय समयमा उपस्थित हुन असहज हुने सेवाग्राहीहरूको सहजताका लागि अन्य सार्वजनिक बिदाको दिनबाहेक प्रत्येक शनिबार पनि कक्षा सञ्चालन हुनेछ ।

शनिबार बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म दुईवटा कक्षा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा सञ्चालन हुने जानकारी गराइएको छ ।

ranechhap