वि.सं.२०८३ वैशाख ६ आइतवार

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध जारि भयो पक्राउ पूर्जी

khanepani

काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण अदालत (आईसीटी) ले आइतबार हसिनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । आजबाट आइसीटीमा उनीविरुद्धको अभियोजनमाथि सुनवाइ सुरु भएको छ ।

गत १५ जुलाईदेखि एक महिना चलेको विद्यार्थी आन्दोलनको क्रममा गोली हान्न आदेश दिएर थुप्रैको ज्यान लिएको आरोप उनीमाथि छ । सोही आन्दोलनले उनलाई अपदस्थ गरेको थियो ।

आन्दोलन उत्कर्षमा पुगेपछि उनी हेलिकप्टर चढेर भारत पलायन भएकी थिइन् । अहिले पनि उनी भारतमै रहेकी छन् ।

ranechhap