काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिका आकस्मिक बैठक अहिले पार्टी कार्यालयमा बस्न लागेको छ ।
बैठकले आजको आन्दोलनमा प्रहरीले गरेको धरपकडको विषयमा छलफल गर्ने र भावी रणनीति तय गर्ने पार्टीका स्रोतले जानकारी दिएको छ ।
आज नारायणचौरमा भएको आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना पक्राउ परेपश्चात राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आकस्मिक वैठक बोलाएका हुन् । पार्टीका सांसद दीपक सिंहलाई समेत प्रहरी परिसरबाटै समातिएपछि राप्रपा थप आक्रोशित छ । आन्दोलनलाई शान्तिपूर्वक बनाउने प्रयास गरिरहेको राप्रपा अब आन्दोलनलाई हिंसात्कम बनाउने रणनितिमा जान सक्ने आकलन गरिएको छ ।









































