काठमाडौं । भ्रष्टाचारी, अतिचारी, व्यविचारी, शोषकी चरित्र, घुषखोरी, लुटबादी र घमण्डी स्वभाबका चरित्र निमार्ण गरिसकेका व्यक्तिहरुको झुण्डले अर्को ठुलो र बृहत्तर झुण्ड निर्माण गरि संस्थागतरुपमा लुट तन्त्रलाई निरन्तरता दिने अभियानको शुरु भएको छ ।
त्यसको नेतृत्वकर्ता भएका छन, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेल । उनले ५ दिन भित्र २ बटा छुट्छुट्टै पत्र केयूकेएलका अनियमितता र भ्रष्टाचारीहरुको पक्षपोषण गर्दै आएका युनियनहरुको सामुहिक सौदाबाजी समितिलाई लेखेका छन ।
उनले आफ्नै स्वभावका र केयूकेएलमा लामो समय भ्रष्टाचारलाई संस्थागत गरि खामको खेती गर्दै आएका प्रकाशकुमार राईलाई संयोजक बनाएर खानेपानीको दुनियाँमा अर्को नाटक मञ्चन गर्न लागेका छन ।
प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलको राजिनामाको बटम लाइन राखेर ज्ञापन पत्र बुझाउने सामुहिक सौदाबाजी समिति उनैले बनाएको ढलेको लोटा समेत उठाउन नसक्ने राई समुहसँग बार्तामा बस्न तयार हुनुले पनि आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति नभएर राजिनामाको खेती मात्र गरेका हुन भन्ने बुझ्न कुनै दुविधा मान्नु पर्ने छैन ।
के अशोक कुमार पौडेलले बनाएको खन्चुवा बार्ता समितिले उनैको राजिनामा गराउन सक्लान त ? भन्ने प्रश्न पनि केयूकेएलका कर्मचारीवीच चर्चा चल्ने गरेको छ । कि लेनदेनको हिसाव किताव मिलाउन मात्र यो नाटक रचिएको हो भन्ने प्रश्न पनि यतिखेर उठेको छ । उनीहरुको नौटकी बुझि सकेका केयुकेएलका इमानदार कर्मचारीहरु दुबै अतिबादीहरुको विरुद्धमा रहेको समाचार स्रोतले दावी गरेको छ ।
एक बर्षसम्म राई समुहले संस्थाको हित विरुद्धमा कमिशनका लागि मिटररिडर जस्तो महत्वपुर्ण कार्य ठेकेदारलाई दिएर श्रमिकको श्रमशोषण गर्दासम्म “चु” सम्म नबोल्ने, उनीहरुको निर्णयलाई ल्याप्चे गर्दै आएका पौडेल र सामुहिक सौदाबाजी समिति कुन उदेश्य पुरा नभएर आन्दोलनको रमिता देखाउर्दै छन, भन्ने कुरा बुझ्न कुनै संकोच मान्नु पर्ने छैन ।
श्रमिकहरुको श्रमशोषण गर्ने समुहका भित्रि योजनाकार राई, योगेन्द्रबहादुर बम, केयुकेएलमा क्रियाशिल ५ बटै युनियनका अध्यक्षहरुको स्वार्थ नमिलेपछि सिइओ पौडेलको राजिनामाको योजना बनेको समाचार स्रोतको दावी छ । पौडेलले पनि राजिनामा माग्नेसम्मको बातावरण बनाउर्दै आएका हुन । माथि उल्लेखित समुहलाई बाहिर राखेर केयूकेएल लुट्र्दै आएका पौडेलले अर्धमुर्छित जस्तो भएर, उनी आफैैले ५ दिन भित्रमा लेखिएका दुई बटा फरक फरक पत्रले समेत पुष्ठि गरेको छ ।
बार्ताले लुटि खानेहरुको पक्ष पोषण भन्दा केहि हुने संकेत देखिएको छैन । त्यसैले व्यवस्थापनको लिज अर्को पक्षलाई दिन सकिने केयुकेएलको नियमावलीको प्रबन्धलाई चाँडो कार्यन्वयन गर्दा सस्था र साना कर्मचारीहरुको हित हुने देखिन्छ । त्यसकारण यस तर्फ सम्बन्धीत पक्षको ध्यान जानु आवश्यकता देखिन्छ । नेपाल खानेपानी संस्थानलाई केयुकेएल हस्तान्तरण वा लिजमा दिदाँ केयुकेएलको समस्या समाधान हुने देखिएको छ । 









































