वि.सं.२०८३ भदौ २० शनिवार

पृथ्वी राजमार्गको परेवाभिर खण्डमा आज १२ घण्टा सवारी आवागमन पूर्ण बन्द

khanepani

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्डमा आज शनिबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

गत भदौ १० गते नदीमा आएको बाढीले सडक कटान गरेपछि यो खण्ड हालसम्म एकतर्फी मात्र सञ्चालनमा थियो। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार क्षतिग्रस्त सडकको मर्मत कार्य सम्पन्न गर्नका लागि आज दिनभर आवागमन रोक्ने निर्णय गरिएको हो।

मर्मत अवधिभर एम्बुलेन्स र शववाहन जस्ता अत्यावश्यक सवारीसाधन बाहेक अन्य सम्पूर्ण यातायात सञ्चालनमा रोक लगाइएको छ। सडक बन्द हुँदा यात्रु तथा चालकहरूलाई पर्न जाने असुविधाप्रति क्षमा माग्दै प्रशासनले यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

ranechhap