वि.सं.२०८३ असार १३ शनिवार

नेपाली बजारमा लगातार चौथो दिन पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

मंगलबार प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap