08, Nov, 2024

संखुवासभामा टिपर दुर्घटनाः अरुण जलविद्युत आयोजनाका २ मजदुरको मृत्यु

बागमती भ्वाइस
बागमती भ्वाइस
१५ कार्तिक २०८१, बिहीबार ०९:४६ | १ हफ्ता अगाडी

सङ्खुवासभा । मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई भारतीय मजदुरको मृत्यु भएको छ ।

मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११-४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको उनको भनाइ छ ।

दुर्घटनामा परेर दुईजना घाइते भएका छन् । उनीहरु पनि भारतीय नागरिक नै हुन् । घाइतेको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

१५ कार्तिक २०८१, बिहीबार ०९:४६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading