गोरखा । गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । आइतबार साँझ चट्याङ लागेर घाइते भएका सहिद लखन गाउँपालिका–५,तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीया विनोद थापाको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार घरभित्र मोबाइल चलाएर बसिरहेका बेला एक्कासि चट्याङ परेर थापा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको हो ।







































