वि.सं.२०८३ वैशाख ७ सोमवार

कालिन्चोक हाइड्रोपावरको आइपिओ आज बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

khanepani

काठमाडौ । कालिन्चोक हाइड्रोपावरको आइपिओ आज (सोमबार) बाँडफाँट भएको छ।

कम्पनीको बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा ६८ हजार ४७५ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

उक्त आइपिओमा कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएकोमा २६ लाख ३५ हजार ६३४ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको बिक्री प्रबन्धकको भनाइ छ।

कम्पनीले चैत २२ गतेदेखि चैत २५ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ६ करोड ८४ लाख ७५ हजार रूपैयाँ बराबरको ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

ranechhap