वि.सं.२०८३ वैशाख ७ सोमवार

धनराज गुरुङ भन्छन्, ‘पार्टी परित्याग गर्नु जीवनमा ठूलो भूल हुनेछ’ !

khanepani

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले पार्टी छोड्नु ठुलो भूल हुने बताएका छन् ।

पार्टीभित्र एकता कायम गर्न आग्रह गर्दै अहिलेको अवस्थामा पार्टी छोड्नु ठुलो भूल हुने बताएका हुन् । उनले भनेका छन्- ‘हामीले यही पार्टीमा रहेर रगत बगायौं, कठिनतम् जीवन बितायौं। आफ्नै रगत र पसिनाले सिंचेको पार्टी परित्याग गर्नु जीवनमा ठूलो भूल हुनेछ। तसर्थ यस्तो भूल नगर्न र पार्टीमै रहेर पार्टी प्रति थप योगदान पु-याउनका लागी हार्दिक अनुरोध गर्दछु ।’

उनले विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले वैधानिकता दिइसकेको अवस्थामा त्यसलाई स्वीकार गर्दै अघि बढ्नु लोकतान्त्रिक अभ्यास भएको बताएका छन् ।

गुरुङले हालै पूर्व केन्द्रीय नेताहरूबीच छलफल गरेर अदालतको फैसला मान्ने निष्कर्षमा पुगेको जानकारी दिएका छन् ।

गुरुङले विशेष महाधिवेशनबाट निर्वाचित सभापति तथा पदाधिकारीलाई बधाई दिँदै सबैलाई एकताबद्ध भएर पार्टीको हितमा लाग्न आह्वान गरेका छन् ।

ranechhap