वि.सं.२०८३ वैशाख १८ शुक्रवार

मन्त्री केसीले भने, ‘लुम्बिनी प्रदेश सरकार अब छिट्टै परिवर्तन हुन्छ’

khanepani

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी सोनामले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताएका छन् ।

केन्द्रको राजनीतिको प्रभाव प्रदेशमा पनि पर्ने भन्दै उनले लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुने दाबी गरे ।

आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा मन्त्री केसीले प्रदेशमा राजनीतिक छलफल विधि र विधान भित्र बसेर भएकाले छिट्टै निकास निस्कने बताए ।

उनले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या पनि त्यसैको प्रतिफल भएको बताए ।

ranechhap