वि.सं.२०८२ जेठ १ बिहीवार

अर्घाखाँचीको शितगंगा नगरपालिकामा पहिरोले गोठ पुर्दा वस्तु जोगाउन गएका एक युवकको मृत्यु

रुपन्देही । पहिरोले गोठ पुरिँदा अर्घाखाँचीको शितगंगा नगरपालिकामा एक युवकको मृत्यु भएको छ । शितगंगा नगरपालिका- १३, सिमलपानीमा गोठमाथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पहिरो खस्न थालेपछि गाईवस्तु फुकाउन गोठमा पसेका थापालाई पहिरोले पुरेको थियो । पहिरोले पाडो र दुई बाख्रासमेत च्यापिएका छन् ।

घटनास्थलमा अहिले उद्धार कार्य भइरहेको वडाअध्यक्ष दुर्गाबहादुर बिसीले जानकारी दिएका छन् ।