वि.सं.२०८३ साउन १९ मंगलवार

३९६३ परीक्षणमा १४५ जनामा कोरोना संक्रमण

khanepani

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९६३ जनामा भएको आरटी पीसीआर परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार ४०३२ जनामा भएको परीक्षणमा १८८ जनामा संक्रमण पुष्टि भएको थिए।

बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरेना भाइरस संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

बुधबार काठमाडौंमा ५३ जना र कास्कीमा २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

ranechhap