विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री फेर्ने विषयमा विवाद भएपछि समस्या समाधानका लागि बैठक सुरु भएको छ ।
एमाले कोशी प्रदेश कमिटीको आयोजनामा भएको बैठकमा एमाले सचिव तथा प्रदेश इन्चार्ज शेरधन राई, संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार काकी, प्रदेश कमिटीका पदाधिकारी र प्रदेश सभा सदस्यहरू सहभागी छन् ।
पार्टी र दलका बिचमा समस्या देखिएपछि समस्या समाधानका लागि पार्टी र संसदीय दलको बैठक संयुक्त रूपमा राखिएको एमाले कोशी प्रदेशले जनाएको छ ।
हिजो दिनभरि मुख्यमन्त्री फेर्ने विषयमा छलफल भएको थियो । छलफल पछि एमाले कोशीले प्रदेश सभा सदस्यहरूको बैठक आयोजना गरेको हो ।
बैठकले नेपाली कम्युनिस्ट पार्टी र एमालेबिच भएको ३ बुँदे सहमति पछि नयाँ सरकार बनाउने सम्बन्धमा उत्पन्न पार्टीभित्र देखिएको विवाद समाधानबारे छलफल हुने छ ।






































