वि.सं.२०८२ जेठ १० शनिवार

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बिहान ७ बजेदेखि बालकोटमा जारी

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक जारी छ । बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो ।

राति आकस्मिक रूपमा बिहान सचिवालय बैठक आह्वान गरिएको हुँदा सत्ता गठबन्धनका बारेमा शीर्ष नेताहरूबीच भएका छलफल र सहमतिका विषयमा सचिवालय सदस्यहरूलाई जानकारी दिने गरी सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा टीआरसी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।