काठमाडौं । नेपालका २७ वाणिज्य बैंकहरुका सीइओ साबहरुको मंहगो जागिर हो भन्दा अब फरक पर्दैन । लाखमा होइन बैंकका सीइओ साबहरुले करोडौ तलब भत्ता बुझेको फेला परेको छ ।
नेपालका २७ वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत मध्ये ११ वटा बैंकका सीइओहरुको तलब भत्ता सार्वजनिक भएको छ ।
वाणिज्य बैंकहरुका सीइओ सावहरुको तलब भत्ता डरलाग्दो पक्कै छ । तर, उनीहरुले राज्यलाई पनि डरलाग्दो कर बुझाएका छन् भन्दा फरक नपर्ला ।
१ वर्षको अबधीमा करोड भन्दा बढि तलब भत्ता लिने सीइओ साबहरुले ३० देखि ३५ प्रतिशत कर राज्यलाई बुझाएका छन् भन्दा फरक पर्दैन । तलब भत्ताको १ तिहाई भन्दा बढि पैसा राज्यलाई बुझाउने बैंकका सीइओको जागिर लोभ लाग्दो त पक्कै छ तर बैंक भित्र रिक्स कति छ त्यो सबैलाई थाहा नै छ ।
सबै २७ वाणिज्य बैंकहरुले आ–आफ्नो वार्षिक प्रतिवेदनमा सीइओ सहित डिपुटी सीइओ उच्च कर्मचारी र सञ्चालक समितिका सदस्यहरुको भत्ता र अन्य सुविधा सार्वजनिक गर्नु पर्ने व्यवस्था भएकै कारण हाल ११ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदनमा प्रकाशन नै गरी सकेको फेला परेको छ ।
नेपाली जनताको ७० प्रतिशत र प्रमोटरहरुको ३० प्रतिशत लगानी भएको वाणिज्य बैंकहरुमा नाफा कमाउने, होडवाजीसंगै कसले बढि तलब खाने भन्ने होडवाजी देखिएको छ भन्दा फरक पर्दैैन । कुनै जमाना सबैभन्दा मंहगो तलब लिने नबिल बैंकका सीइओ अनिल केसरी शाहको तलब यसपटक चहि केही प्रतिशत घटेको देखिन्छ । तर, अरु ९ वटा बैंकका सीइओहरुको तलब गतवर्ष भन्दा बढि देखिन्छ ।
सबै भन्दा बढि तलब बैंक अफ काठमाण्डूका सीइओ शोभन देव पन्तले लिएका छन्, भने सबैभन्दा कम तलब भत्ता सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका सीइओ गणेशराज पोखरेलले बुझेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्तिय कम्पनीका सीइओहरुको तलबबारे समिक्षा गर्ने, र सकिए तलब स्केल नै तोक्ने नयाँ गर्भनर महाप्रसाद अधिकारीले ल्याएको पहिलो मौद्रिक नीतिमा उल्लेख भएपनि खासै यसबारेमा अहिलेसम्म कुनै प्रगति भएको देखिदैन ।
कोरोना कहर बीच लगानी गर्न नसकिरहेका वाणिज्य बैंकहरुले अहिले आएर कर्जा र डिपोजिट दुबै बढाएको देखिन्छ । अर्को महत्वपूर्ण पक्ष के छ । लगानीकर्ताहरुलाई १० देखि ३४ प्रतिशत मात्रै लाभाशं घोषणा गरेका बैंकहरुले सीइओ सावहरुलाई यति धेरै तलब भत्ता दिनु चाहि खोजीकै विषय बनेको छ ।
हाल नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैङ्क, एनआईशी एशिया बैङ्क, कुमारी बैङ्क, सिटिजन्स बैङ्क, सनराइज बैङ्क, सानिमा बैङ्क, माछापुच्छ्रे बैङ्क, बैङ्क अफ काठमाण्डू, नेपाल बंगलादेश बैङ्क र एभरेष्ट बैङ्कले आफ्नो वार्षिक विवरण प्रकाशन गरेका छन् । उक्त विवरणका बैङ्कहरुले आफ्ना सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा व्यवस्थापकीय तहका कर्मचारीलाई अघिल्लो वर्ष दिएको तलब तथा अन्य सुविधा उल्लेख गरेको भेटिएको छ ।
एभरेष्ट बैङ्कले प्रमुख कार्यकारी अधिकृतको सुविधा उल्लेख नगरेर उच्च व्यवस्थापनको एकमुष्ट विवरण देखाए र राष्ट्र बैंकलाई भुक्याएको देखिन्छ । नेपाल बंगलादेश बैङ्कले भने प्रमुख कार्यकारी अधिकृतको तलब मात्रै सार्वजनिक गरेको छ । अरु कसैको तलब सुविधा सार्वजनिक गरेको छैन भन्दा फरक पर्दैन । बाँकी नौ वटा बैङ्कहरुले भने प्रमुख कार्यकारी अधिकृतले पाएका सेवा सुविधाको विवरण छुट्टै प्रकाशन गरेको देखिन्छ ।
९ बैङ्कका कार्यकारी प्रमुखले अघिल्लो वर्ष १५ करोड ६८ लाख रुपैयाँ बराबरको तलब तथा अन्य सुविधाहरु बुझेका छन् । अघिल्लो वर्ष ती बैङ्कहरुले १४ करोड ९२ लाख रुपैयाँ खर्चेका थिए । त्यसमध्ये यो वर्ष ३ बैङ्कको सुविधा घटेको छ भने ५ बैङ्कको सुविधा बढेको छ । ९ वटा बैङ्कका सीईओहरुको औसत सुविधा अघिल्लो आर्थिक वर्षमा औसत १६ लाख ३३ हजार रुपैयाँ रहेको देखिएको देखिन्छ ।
सबैभन्दा धेरै तलब सुविधा बैङ्क अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तलाई दिइएको छ । उनले अघिल्लो वर्षमा २ करोड ८१ लाख रुपैंया बुझेका छन् ।
यो अघिल्लो वर्ष उनले पाएको सुविधाको तुलनामा करिब २०।८९ प्रतिशत बढी हो । अघिल्लो वर्ष उनले २ करोड ३२ लाख रुपैंया पाएका थिए । त्यस्तै, एनआईशी एशिया बैङ्कका युवा र चर्चित बैंकर एवं प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले गतवर्ष २ करोड ५० लाख रुपैयाँ लिएका छन् । उनले पाएको यो तलब र सुविधा अघिल्लो वर्षको तुलनामा करिब १७।२७ प्रतिशत बढी हो । भन्दा फरक पर्दैन । अघिल्लो वर्ष उनले २ करोड १३ लाख रुपैंया पाएका थिए ।त्यस्तै, कुमारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले १ वर्षको अवधिमा २ करोड ३८ लाख रुपैयाँ बराबरको तलब र सुविधा लिएका छन् । यो अघिल्लो वर्ष उनले पाएको रकम भन्दा ११।०३ प्रतिशत बढी हो । अघिल्लो वर्ष उनले २ करोड १४ लाख रुपैंया पाएका थिए भन्दा फरक पर्दैन । कोरोना कहरले बैंकका सीइओहरुको चाहि असर गरेन तर, लगानीकर्ता मारमा परेको देखिन्छ हेक्का होस् ।
माछापुच्छ्रे बैङ्कले अघिल्लो वर्ष प्रमुख कार्यकारी अधिकृतका लागि २ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष बैङ्कले प्रमुख कार्यकारी अधिकृतका लागि १ करोड १८ लाख मात्रै खर्च गरेको देखिन्छ ।
बैङ्कले नभनिएको यो पैसा तत्कालीन सिइओ सुमन शर्मा हालका सीइओ सन्तोष कोइराला समेतको हो । शर्माले कार्यकाल सकिनुअगावै राजीनामा दिएपछि कोइराला निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी पाएका थिए । बैशाख १ गतेदेखि उनलाई पूर्णकालीन सीईओको जिम्मेवारी दिइएको थियो । समय नहुँदै बाहिरिएपछि शर्मालाई दिनुपर्ने अतिरिक्त सुविधाका कारण बैङ्कको व्ययभार थपिएको देखिन्छ । यो राम्रो पक्ष पक्कै होइन ।
५ वटा बैङ्कहरुका सीईओले भने गत वर्ष २ करोडभन्दा कम आम्दानी गरेका छन् । नबिल बैङ्कका सीईओ अनिलकेशरी शाहले यस वर्ष सो बैङ्कबाट १ करोड ६२ लाख रुपैयाँ मात्रै बुझेका छन् । यो अघिल्लो वर्षको भन्दा १८।०७ प्रतिशत कम हो । अघिल्लो वर्ष उनलाई बैङ्कले १ करोड ९८ लाख रुपैयाँ भुक्तानी गरेको थियो । सानिमा बैङ्कका सीईओ भुवन कुमार दाहालले गत आर्थिक वर्षमा बैङ्कबाट १ करोड ४६ लाख रुपैयाँ मात्रै पाएका छन् । अघिल्लो वर्ष उनको यस्तो आम्दानी २ करोड ८ लाख रुपैयाँ थियो ।
यो वर्ष उनको आम्दानी करिब ३० प्रतिशतले घटेको छ । सधैं विवादमा फस्दै आएको सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौड्यालले अघिल्लो वर्ष बैङ्कबाट १ करोड ३१ लाख रुपैंया बुझेका छन् । यो सुविधा अघिल्लो वर्षको भन्दा करिब ६ प्रतिशतले बढी हो । २०७६ बैशाखमा रत्नराज बज्राचार्यको कार्यकाल सकिएपछि पौड्याल सोही वर्षको साउनदेखि सो बैङ्कको कार्यकारी प्रमुखको जिम्मेवारीमा छन् । तर, लगानीकर्ताहरुले ९।८५ प्रतिशत मात्रै लाभाशं दिइएको छ हेक्का होस् ।
हालसम्म विवरण प्रकाशन गरेकामध्ये सबैभन्दा कम तलब सुविधा चाहिँ सिटिजन्स बैङ्क लिमिटेडका सीईओ गणेश पोखरेलले पाएका छन् । उनले बैङ्कबाट एक वर्षमा १ करोड ३१ लाख रुपैयाँ मात्रै बुझेका देखिन्छ ।
अघिल्लो वर्ष बैङ्कले प्रमुख कार्यकारी अधिकृतका लागि १ करोड ७९ लाख रुपैंया खर्चेको थियो । यो रकम तात्कालिन प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र पोखरेलले संयुक्त रुपमा बुझेको रकम हो । भण्डारीले पाएको सुविधा पोखरेलको भन्दा बढी भएका कारण यस्तो सुविधा घटेको हो । नेपाल बंगलादेश बैङ्कले सीईओ ज्ञानेन्द्र ढुंगानालाई १ करोड ४१ लाख तलब दिएको भनिएको छ ।
यता नेपाल इन्फ्रास्टक्चर बैंकका सीइओको पनि तलब भत्ता सार्वजनिक भएको छ । यस बैंकका सीइओ अनिल ज्ञवाली कार्यकाल पूरा गरेर बाहिरिएपछि मुलुकको पहिलो पूर्वाधार बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रमुख कार्यकारी अधिकृत माग गरेको पनि देखिन्छ ।
बैंकले जनवरी ८ सम्म आवश्यक न्यूनतम योग्यता पूरा हुनेहरुलाई प्रमुख कार्यकारीका लागि आवेदन दिन आह्वान गरेको हो। ज्ञवाली अघिल्लो साता दुई वर्षे कार्यकाल पूरा गरी बाहिरिएका थिए। अहिले कामु प्रमुख कार्यकारीको जिम्मेवारीमा भुपेन्द्र पाण्डे छन् । प्रमुख कार्यकारीमा आवेदन दिन इच्छुकले ६० वर्ष उमेर ननाघेको, ब्यवस्थापनर बैंकिङर अर्थशास्त्रर तथ्यांकर वाणिज्यर लेखालगायतका विषयमा स्नातकोत्तर उत्तीर्ण हुनु पर्छ भनिएको छ ।
तत्कालिन इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले वार्षिक एक करोड ३२ लाख रुपैयाँ तलब सुविधा बुझेका देखिन्छ । नयाँ प्रमुख कार्यकारी अधिकृतको तलब पनि यही हाराहारीमा हुनेछ भनिएको छ ।
बैंकले २० अर्बको ’निफ्रा डेब्ड फण्ड’ स्थापना गर्ने र विदेशी वित्तीय बजारबाट ग्रीन बण्ड जारी गर्ने तयारी गरिरहेको छ। यो बन्ड ५ अर्बको हुने छ। बैंकले आफ्नो अगुवाइरसह९अगुवाइमा जलविद्युत, सिमेन्ट क्लिंकराइजेसन एवं सौर्य ऊर्जासमेत गरी ५ वटा परियोजनाहरुमा ६ अर्ब कर्जा स्वीकृत गरिसकेको देखिन्छ ।
बैंकले ८ अर्ब रुपैयाँको साधारण सेयर जारी गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ। साधारण सेयर जारीपछि सञ्चालक समितिमा ३ जना नयाँ सदस्य थपिने छन्। यसपछि चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्ने प्रस्टै भएको छ ।
यता एभरेष्ट बैंकमा प्रमुख कार्यकारीसहित ६ जनाको वार्षिक तलब ४ करोड ८८ लाख भएको वित्तिय विवरण वाहिर आएको छ ।
एभरेष्ट बैंकले प्रमुख कार्यकारी अधिकृतसहित माथिल्लो पदका कर्मचारीहरुलाई एक वर्षमा ४ करोड ८८ लाख रुपैयाँ तलब सुविधा दिएको छ। अघिल्लो वर्ष ४ करोड ११ लाख रुपैयाँ दिएको भनिएको छ ।
यो तलब सुविधा बुझ्ने ६ जना हुन्। बैंकले प्रमुख कार्यकारीको मात्र तलब सुविधा छुट्याएर वार्षिक प्रतिवेदनमा राखेको छैन।
प्रमुख कार्यकारी अधिकृत, तीन जना नायब महाप्रबन्धक र दुई जना सहायक महाप्रबन्धकले यो तलब सुविधा पाएका हुन्। अहिले प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगी छन्। नेगीको हातमा भने यो पैसा परेको छैन। उनी भर्खरै आएका हुन्। यसअघिका प्रमुख कार्यकारी सोमेश्वर सेठले यो रकम बुझेका हुन्। भन्दा फरक पर्दैन ।
नायब महाप्रबन्धकहरुमा गिरिश कोहली, राजिव जैन र डा। सुधीर कुमार छन्। सहायक महाप्रबन्धकमा केशव पौडेल र आशुतोष शर्मा छन्।
एभरेष्ट बैंकले पुस २७ गते वार्षिक साधारणसभा डाकेको छ। सभाले १०।५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने छ। बैंकले ५ प्रतिशत बोनस सेयर र ५।५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बोनस सेयर पारितपछि चुक्ता पुँजी ४२ करोड ३५ लाख रुपैयाँले बढ्ने देखिन्छ ।
बैंकले प्रस्ताव गरेको लाभांश अहिलेसम्मकै कम हो। यद्यपि एभरेष्टले हरेक वर्ष लाभांश वितरण गर्दै आएको छ। एभरेष्टले बैंक पछिल्लो १० वर्षमा ७० प्रतिशतसम्म पनि लाभांश वितरण गरेको थियो ।
बैंकमा ३० प्रतिशत सेयर सर्वसाधारणमा छ। संस्थापक सेयरधनीतर्फ भारतको पञ्जाब नेशनल बैंकको हिस्सा २०।०३ प्रतिशत छ। यसबाहेक प्रतिमा श्रेष्ठको १४।९१, बीके श्रेष्ठको ९।१८ र होटल स्नो लायन प्रालिको ९।३१ प्रतिशत सेयर देखिन्छ । जे भएपनि ११ बैंकका सीइओहरुको महंगो तलब र निरिह लगानीकर्तालाई कम लाभाशं यो चाहि खोजीको विषय बनेको छ । आर्थिक बजारबाट साभार







































