वि.सं.२०८३ भदौ १ सोमवार

वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ हुँदै

khanepani

काठमाडौँ । वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ । श्रेष्ठकाे बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

यसअघि साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले पत्रकार श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १ गते आज अदालत उपस्थित हुन आदेश दिएको थियो ।

ढकालको इजलासले आधार र कारणसहित भदौ १ गते १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सशरीर बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

साथै न्यायाधीश ढकालको इजलासले जाहेरी दरखास्तसहितको अनुसन्धानको फाइल र निजको घर तथा कार्यालयबाट बरामद भएको सीपीयू, ल्यापटप, आइप्याड र मोबाइलसमेत उपस्थित गराउन भनेको थियो । वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो ।

ranechhap