रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन केन्द्रीय निर्देशन पछि संसदीय दलको बैठक बसेर निर्णय गर्ने भएको छ ।
आज बिहान मात्र सो पार्टीका महासचिव डा. सुरेन्द्र कुमार झाले एक विज्ञप्ति जारी गर्दै चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका थिए ।
तर लुम्बिनीमा रहेको संसदीय दल अहिलेको सरकारलाई निरन्तरता दिन चाहेको छ । मन्त्री समेत रहेका दलका नेता सन्तोष पाण्डेले संसदीय दलको निर्णय पछि मात्र सरकारमा रहने नरहने निर्णय हुने जनाए ।
‘सरकारबारे निर्णय संसदीय दलले गर्ने हो, केन्द्रले तोक्ने होइन,’ उनले भने ।
पार्टीको निर्णयअनुसार सांसदहरूलाई विश्वासको मतको विपक्षमा मतदान गर्न पनि केन्द्रबाट निर्देशन दिइएको छ ।







































