वि.सं.२०८३ भदौ १ सोमवार

विशेष कारण देखाउँदै उद्योग समितिको बैठक स्थगित

khanepani

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १५औँ बैठक विशेष कारणवश स्थगित भएको छ । सोमबार बिहान १० बजेका लागि तय गरिएको उक्त बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

बजारमा चिनीको सहज आपूर्तिका विषयमा देखिएका समस्या र समाधानका उपायबारे सरोकारवालाहरूसँग छलफल गर्न समितिले आजको बैठक बोलाएको थियो। बैठकमा छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री र सचिवलाई समेत आमन्त्रण गरिएको थियो ।

समितिका शाखा अधिकृत प्रबल पौडेलले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित भएको जानकारी दिएका छन् ।

सूचनामा भनिएको छ, ‘समितिको मिति २०८३/०५/०१ गते सोमबार बिहान १० बजेका लागि निर्धारित बैठक विशेष कारणवश स्थगित भएको ब्यहोरा समितिका माननीय सदस्यहरूको जानकारीको लागि अनुरोध छ ।’

ranechhap