वि.सं.२०८३ असार २४ बुधवार

एकता नहुँदै ज्ञानेन्द्र शाही राप्रपाको जुलुसमा

khanepani

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा गरेको प्रदर्शनमा हाम्रो नेपाल हाम्रो नेपाद्यी अभियानका ज्ञानेन्द्र शाही पनि सहभागी भएका छन् । उनी नेतृत्वको समूह फागुन ६ गते राप्रपामा समाहित हुँदैछ ।

तर राप्रपासँग एकता नहुँदै शाही राप्रपाले गरेको विरोध कार्यक्रममा सहभागी भएका हुन् । एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा विभिन्न राजनीतिक दलहरुले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । राप्रपाले पनि एमसीसी संसदमा टेबल गर्न नहुने माग गर्दै प्रदर्शन गरिरहेको छ ।

ranechhap