काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई चौथो पटक म्याद थपिएको छ । उनलाई पुनः ५ दिनको म्याद थपिएको हो ।
बुधबार विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट ५ दिनको म्याद थप गरिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि ९ गते ७ दिन, १५ गते ३ दिन र १८ गते ६ दिनको म्याद थपिएको थियो ।
पौडेल पत्नीले रिहाइको माग गर्दै सर्वोच्चमा दायर रिट भने खारेज भएको छ ।






































