वि.सं.२०८३ असार २४ बुधवार

सरकारले चुनावमा हारेकालाई भटाभट नियुक्त गर्दै गरेको एमाले उपनेता अर्यालको आरोप

khanepani

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्‌मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले गत निर्वाचनमा पराजितहरूलाई भटाभट नियुक्ति गरिरहेको आरोप लगाइकी छिन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपनेता अर्यालले यसअघिका राजनीतिक नियुक्तलाई अध्यादेशमार्फत हटाएको सरकारले अहिले आफ्नालाई भटाभट नियुक्ति दिइरहेको बताइन् ।

उनले भनिन्, ‘यो सरकारले चुनाव हारेकालाई भटाभट नियुक्त गर्दै छ,’ ‘सरकार सय दिनमै चुकेको छ । रास्वपाले जान्नेलाई छान्ने नारा लगाएको थियो। तर, जान्नेलाई फाल्ने, आफ्नालाई छान्ने नीतिलाई नै पुष्टि गरेको छ।’

सरकारका सय दिनमा रास्वपाले लगाएको नाराभन्दा उल्टो काम भएको उनको आरोप थियो । यसअघि गलत देखिएका र भनिएका व्यक्तिलाई रास्वपामा लाग्ने वित्तिकै राम्रा भन्न थालिएको उनको भनाइ थियो ।

सरकारले सुशासनको नारा लगाए पनि पछिल्लो सय दिनमा तमासा मात्रै गरेको बताउँदै अर्यालले आफ्नालाई छानबिनको दायरामा नराख्ने निर्णयसँगै सुशासनको तमासा र आयोग गठनको नियत प्रस्ट देखिएको उल्लेख गरिन् ।

ranechhap