वि.सं.२०८३ असार २४ बुधवार

सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनाएको काँग्रेसको आरोप

khanepani

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले वालेन्द्र शाह नेतृत्वको सरकारले सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारका १०० दिन मनाएको बताएकी छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद थपलियाले वर्षायामको समयमा सुकुमबासीलाई उठिबास लगाउनु मानवीयता नभएको बताइन् ।

उनले भनिन्, ‘मलाई लागेको थियो, यो सरकारले १०० दिनमा अरू केही नगरे पनि जनतालाई मल त पक्कै दिन्छ । तर विडम्बना, यो सरकारले सुकुम्बासीको आँखामा आँसुको उपहार दिएर १०० दिन मनायो,’ र्षायामको मुखमा सुकुमबासीहरूलाई उठिबास लगायो । जनतालाई नयाँपनको अनुभूति दिन सकेन ।’

उनले सत्तापक्षका सांसदहरूलाई ३५ वर्षको नाममा पुराना दलहरूलाई गाली गर्न बन्द गरी आफ्नै कार्यशैली सुधार गर्न सुझाइन् ।

थपलियाले सरकारमा पात्रहरू मात्र फेरिएको तर काम गर्ने शैली र प्रवृत्ति पुरानै रहेको टिप्पणी गरिन् । सत्तापक्षका माननीयज्यूहरूलाई मेरो विनम्र अनुरोध छ– अब पुरानो दललाई ३५ वर्षका नाममा गाली गर्न बन्द गर्नुहोस् । किनकि अब औँला तपाईंहरू र यो सरकारतिर उठ्न थालिसकेको छ । पात्र मात्र फेरिएका हुन्, प्रविधि र गतिविधि उही छ,’ उनले भनिन् ।

सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा नातावाद र कृपावाद कायमै रहेको उनको आरोप थियो । उनले पुरानो दललाई तराजुमा जोख्नुभन्दा अगाडि आफूलाई ऐना हेर्न सुझाइन् ।

ranechhap