वि.सं.२०८३ वैशाख ३ बिहीवार

प्रचण्डसहित चार नेताले सय बढी आफु निकटका पत्रकार बोलाएर गरे प्रधानमन्त्री ओलीको आलोचना

khanepani

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको अन्तरसंघर्ष, अन्तरविरोध पदको झिनाझम्टी नभएको दावी गरेका छन ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीइतर समूहले बुधबार राजधानीको एक कलेजमा गरेको कार्यक्रममा प्रचण्डले ओलीले आफूहरूलाई दलाल करार गर्न खोजेको र नेताहरूको बीचमा विभाजन पैदा गर्न खोजेको भनेर आलोचना गरेका छन।

कार्यक्रममा प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालनिकट पत्रकार र विभिन्न सञ्चारमाध्यममा नेकपाको रिपोर्टिङ गर्ने सय बढी पत्रकारलाई बोलाएर पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई विभिन्न आरोप लगाउर्दै आलोचना गरेका थिए।

एकताको पक्षधर र फुटवादी सोच राख्नेहरूको वीच बहस भइरहेकोसमेत उनले सो अबसरमा बताएका थिए ।

भेलामा प्रचण्डले प्रतिक्रियावादीहरूले गठबन्धन निर्माण गर्दादेखि नै फुटाउन र कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्न खोजेको भन्दै अहिलेको कलह त्यसैबाट सिर्जित भएको समेत बताए।

‘देशभित्रका,देशबाहिरका प्रतिक्रियावादी कम्युनिस्ट पार्टी एकतावद्ध रहिरहोस् भनेर चाहँदैनन्। उनीहरू छिटोभन्दा छिटो विभाजित होस्, क्षतविक्षत होस् भन्ने चाहेका छन्,’ उनले भने,’उनीहरूले गठबन्धन गर्दाका दिनदेखि असफल पार्न कोसिस गरे। चुनावपछि पनि दुईवटा पार्टीको एकता नहोस् भने। हामीले प्रतिवाद गर्दै एकता गर्न सफल भयौं।’

साम्राज्यवादी, पुँजीवादी, सबैखाले प्रतिगमनकारी शक्तिहरूले कम्युनिष्ट पार्टी कमजोर पार्न चाहेको भन्दै उनले कमजोर पार्न जहिले पनि गलत विचार, कार्यशैली, संस्कार अपनाउने तत्वहरूलाई उपयोग गर्न चाहेको बताए।

उनले जनताको बहदलीय जनवाद, २१ औं शताब्दीको जनवाद र जनयुद्धबारे पार्टीको राजनीतिक दस्तावेजले उच्च सम्मान गरेको पनि बताए।

पार्टी एकतालाई सुदृढीकरण गर्न स्थायी कमिटीको बैठक चलिरहँदा अध्यक्ष केपी ओलीले एमाले दर्ता गर्न खोजेको र त्यसले पनि उनले विभाजन चाहेको पुष्टि हुने प्रचण्डको तर्क थियो।

‘प्रधानमन्त्री स्वंयले पहल गरेर एमाले दर्ता गर्न निर्वाचन आयोगमा जानु पार्टी एकताको पक्षमा भएको हुन्छ तरु त्यसले पार्टी एकता बनाइराख्न भूमिका खेलेको भन्ने देखाउँछ तरु बिल्कुल देखाउँदैन। यो पनि एकताको पक्षमा होइन, फुटको पक्षमा हो भन्ने त्यसले राम्रैसँग प्रमाणित गरेको छ,’ उनले भने,’पार्टी बैठक चलिराखेको छ। युवाहरूलाई आह्वान गरेर देशभरि जिन्दावाद र मुर्दावादको नारा लाग्छ। नक्सा छापिनु पर्‍यो भनेर जसले भने, पार्टी कमिटीबाट निर्णय गराए उनीहरू दलाल हुनेरु अन्तिममा सचिवालयको बैठकमा नीति कार्यक्रममा हाल्नै पर्‍यो भनेपछि हाल्नेचाहिँ महान राष्ट्रवादीरु,।’

अर्का अध्यक्ष केपी शर्मा ओली समूहले विचारको बखेडा झिकेकोतर्फ संकेत गर्दै प्रचण्डले जनताको बहुदलीय जनवादका नाममा देशभरि कार्यक्रम गरिएको समेत बताए।

बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओली नवउदारवाद, बुर्जुवा पुँजीवादतिरै ढल्किएको आरोप लगाए।

‘यो सरकारले अढाइ वर्ष सरकारको नेतृत्व गर्‍यो। विकास, निर्माण गर्ने हो भने यो समयमा नेतृत्व लिन सकिन्छ। दुई(चार महिना, एक वर्षमा केही गर्न सकिँदैन। अढाइ वर्षमा जति पनि गर्न सकिन्छ,’ उनले भने,’हामीले तीनवटा बजेट ल्यायौं एउटा बजेटमा राम्ररी तयारी भएन कि भनेर शंकाको लाभ दिन सकिन्छ। तर, तीन वटा बजेट आइसक्यो, खै अग्रगति, खै समाजवादमा जाने कार्यक्रम समाजवादको के नीति आयो ।

समाजवादमा जाने आधार निर्माण गरौंभन्दा ओलीले स्थायी कमिटी सदस्यलाई हुल्लडबाज र केन्द्रीय सदस्यहरूलाई सडक छापको दर्जा दिएको भन्दै खनालले आक्रोश पोखे।

उनले बुर्जुवा प्रजातन्त्रमा मात्रै प्रधानमन्त्री अल इन अल हुने उल्लेख गर्दै कम्युनिष्ट प्रणालीमा सरकार पार्टीको मातहत हुनु पर्ने तर्क गरे।

‘समाजवादको दिशातर्फ जाने कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हो यो। प्रधानमन्त्री अल इन अल होइन। हामी नयाँ अवस्थामा थियौं। तर केपी ओलीले पुँजीवादी ढाँचा र ढर्रामा सरकार चलाउनु भयो,’ उनले भने,’पार्टीले उम्मेदवार बनायो, पार्टी संसदीय दलले प्रधानमन्त्री बनायो तर संसदीय दल र पार्टी उहाँका निम्ति भर्‍याङमात्रै बने। उचाइमा पुग्ने भर्‍याङ बनाउनु भयो।’

प्रधानमन्त्री निर्वाचित भइसकेपछि पार्टीका नीति, संसदीय दल, घोषणापत्र केहीलाई पनि वास्ता नगरेको उनले बताए।

प्रधानमन्त्री ओलीले भ्रष्ट, दुर्गन्धित मानिसहरूलाई नियुक्ति दिन थालेको भन्दै आक्रोश पोखेका थिए।

बरिष्ठ नेता माधव नेपालले बहुमतको निर्णय पार्टीको निर्णय हुने बताए। कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले पार्टी निर्णयमा चित्त नबुझेमा अध्यक्षले समेत नोट अफ डिसेन्ट लेख्न सक्ने बताए।

‘म सबै हो भन्ने मान्यताले एकीकरणको काम पुरा हुन सकेको छैन। मूलभुत रूपमा काम भएको छ, सम्पूर्ण रूपमा हुन सकेको छैन,’ उनले भने,’पार्टी विधि र नीतिबाट चल्छ। कम्युनिष्ट पार्टीको सदस्य कमिटी प्रणालीअनुसार चल्नुपर्छ।’

अहिले पार्टीको बैठक नबसेर समस्या आएको भन्दै नेपालले बैठकबाट डरारउने नेता काम नहुने बताए।

प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको विवाद यो पदको नभई विचारको भएको बताए।

‘यो विचारको बहसको हो। पार्टी र मुलुक कसरी चलाउने भन्नेबारेको बहस भएकाले यसलाई पदसँग मात्र जोड्नु हुन्न,’ श्रेष्ठले भने।

कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताद्वय खनाल, नेपाल, प्रवक्ता श्रेष्ठ, स्थायी कमिटीका पम्फा भुसाल र रघुजी पन्त सहभागी थिए।

ranechhap